काठमाडौं - झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार, बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८ हजार ७२४ मत प्राप्त गरे ।
झापा–५ यस वर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।
झापा - ५ को मत अपडेट :-
बालेन्द्र शाह_बालेन (राष्ट्रिय स्वतन्त्र पार्टी) = 68,348 (विजयी)
केपी शर्मा ओली (नेकपा_एमाले) = 18,734
समिर तामाङ्ग (श्रम संस्कृति पार्टी) = 9,233
मंधरा चिमरिया (नेपाली कांग्रेस) = 1,821
लक्ष्मी प्रसाद संग्रौला (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,536
रन्जित तामाङ (नेपाली कम्युनिष्ट पार्टी) =1,461
अमृतलाल महतो (जनमत पार्टी) = 296
सविन राई (राष्ट्रिय परिवर्तन पार्टी) =204
सान बहादुर मेचे (मंगोल नेशनल अर्गनाइजेसन) =166
शोभा भण्डारी (स्वतन्त्र) = 82
संजय राई (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 76
सुशान्त साम्पङ राइ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) = 72
पदम बहादुर जवेगु (नेपाल जनमुक्ति पार्टी) = 72
धिरेन सुब्बा (जनता समाजवादी पार्टी, नेपाल) = 42
अमृत रसाइल (राष्ट्रिय मुक्ति पार्टी नेपाल_एकल चुनाव चिन्ह) = 35
धर्मराज गुरागाई (पिपुल फर्स्ट पार्टी) = 34
खेमनाथ शिवाकोटी (स्वतन्त्र) = 25
डम्बर शाहु (स्वतन्त्र) 24
पुस्कर खतिवडा (स्वतन्त्र) = 24
विपुल गुरागाई (स्वतन्त्र) = 19
अर्जुन सापकोटा (स्वतन्त्र) = 15
रञ्जना गौतम (स्वतन्त्र) = 10
मातृका भट्टराई (स्वतन्त्र) = 6
प्रकाश नेपाल (स्वतन्त्र) = 3
जम्मा मतदाता : १,६३,३७७ [८१,०८१ पुरुष र ८२२९६ महिला]

