Harsamaya
प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिक निर्वाचित
प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिक निर्वाचित ।

प्युठान - प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशान्त वैदिक निर्वाचित भएका छन् । उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्राध्यापक डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत पाएका छन्।

नेकपा एमालेका सूर्य थापाले १६ हजार ७१० मतसहित तेस्रो स्थान प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्ण ध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दै चौथो स्थान प्राप्त गरेका छन् । यसअघि यहाँ एमालेका थापा निर्वाचित भएका थिए।

प्यूठान - १ को मत अपडेट :-
सुशान्त वैदिक (राष्ट्रिय स्वतन्त्र पार्टी) = 27,469 (विजयी)
डा. गोविन्द राज पोखरेल (नेपाली कांग्रेस) = 18,338
सूर्यबहादुर थापा क्षेत्री (नेकपा_एमाले) = 16,710
कृष्णध्वज खड्का (नेपाली कम्युनिष्ट पार्टी) = 9,074
तिलक बहादुर जी.सी (राष्ट्रिय जनमोर्चा) = 7,654
गोविन्द गिरी (श्रम संस्कृति पार्टी) = 594
सीता वि.क. (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 501

धनेश्वर पण्डित (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 415
तारा सिं थापा मगर (नेशनल रिपब्लिक नेपाल) = 94
हर्क बहादुर पुन (मंगोल नेशनल अर्गनाइजेसन) = 81
विमल प्रसाद पोखरेल (नेपाली जनता दल) = 78
श्याम लाल गहतराज (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 50
नबिन कुमार कक्षपि (नेपाल कम्युनिष्ट पार्टी_संयुक्त) = 45
रोम बहादुर थापा मगर (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 43

जम्मा मतदाता : १,६५,४०५ [८१,३६६ पुरुष र ८४,०३९ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update