Harsamaya
मतपेटिका संकलन, मतगणना निर्वाचन क्षेत्रमै हुने
मतपेटिका संकलन, मतगणना निर्वाचन क्षेत्रमै हुने निर्वाचन आयोगका अनुसार प्रत्यक्ष प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएपछि सुरु गरिनेछ । 
देशभर शान्तिपूर्ण मतदान सम्पन्न, प्रारम्भिक मतदर ६० प्रतिशत अनुमान
देशभर शान्तिपूर्ण मतदान सम्पन्न, प्रारम्भिक मतदर ६० प्रतिशत अनुमान आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त  भण्डारीले प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको  बताए । उनले भने, ‘२०८२ फागुन २१ गते बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतदान कार्य बिहान ७ बजेदेखि साझ ५ बजेसम्म शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । आयोगका अनुसार दिउँसो ४:३० बजेसम्म ९० लाख ५० हजार मत खसेको  छ । 
दोलखाको मालुमा मतपत्रको ठेली लुट्नेमाथि मुद्दा चल्ने, मतदानको अर्को मिति तोक्न सिफारिस
दोलखाको मालुमा मतपत्रको ठेली लुट्नेमाथि मुद्दा चल्ने, मतदानको अर्को मिति तोक्न सिफारिस यस्तै, स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्। काँग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाएपछि प्रहरीले हवाई फायर समेत गरेको थियो।
गौर कारागार कार्यालयमा २२ कर्मचारी र ६१ कैदीबन्दीले गरे मतदान
गौर कारागार कार्यालयमा २२ कर्मचारी र ६१ कैदीबन्दीले गरे मतदान कारागार कार्यालय गौर, रौतहट अस्थायी मतदान केन्द्रका मतदान अधिकृत सावित्रा थापाका अनुसार, कारागारमा रहेका कूल २०८ कैदीबन्दीमध्ये ६३ जना मतदाता सूचीमा रहेका थिए ।
देशभर उत्साहजनक मतदान हुँदैछ, कतै रोकिएको छैन :  आयोगले
देशभर उत्साहजनक मतदान हुँदैछ, कतै रोकिएको छैन : आयोगले निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा आंशिक रूपमा मतदान रोकिएको भएपनि समस्याको समाधान गरेर अघि बढ्ने प्रयास भइरहेको बताए।
दिउँसो १ बजेसम्म २४ प्रतिशत मत खस्यो
दिउँसो १ बजेसम्म २४ प्रतिशत मत खस्यो प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा करिब २३ प्रतिशत, मधेश प्रदेशमा २० प्रतिशत, बागमती प्रदेशमा १९ प्रतिशत, गण्डकी प्रदेशमा २१ प्रतिशत, लुम्बिनी प्रदेशमा २६ प्रतिशत र कर्णाली प्रदेशमा करिब ३१ प्रतिशत मत खसेको आयोगको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा भएनन् सहभागी
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा भएनन् सहभागी राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
स्याङ्जाको बालज्योति विद्यालयमा रोकिएको मदतान दुई घण्टापछि फेरि सुरु
स्याङ्जाको बालज्योति विद्यालयमा रोकिएको मदतान दुई घण्टापछि फेरि सुरु उनका अनुसार घटनाबारे निर्वाचन आयोगलाई जानकारी पठाइसकिएको छ । त्यसपछि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि नयाँ मतपेटिका राखेर मतदान प्रक्रिया अघि बढाइएको हो ।
मुगुमा १ बजेसम्म ४३.५८ प्रतिशत मत खस्यो
मुगुमा १ बजेसम्म ४३.५८ प्रतिशत मत खस्यो मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार दिउँसो १ बजे सम्म १५७०५ मत खसेको हो ।
कर्णालीमा झन्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र कम दैलेख २ मा
कर्णालीमा झन्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र कम दैलेख २ मा सबैभन्दा बढी हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा १६.८३ प्रतिशत मत खसेको छ । मुगुमा ३७.५५, जाजरकोटमा ३४.५३, डोल्पामा ३४.०५, सल्यानमा ३३.५७, सुर्खेत क्षेत्र नम्बर २ मा ३१.५३ र क्षेत्र नम्बर १ मा ३०.७२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ...
स्याङ्जाको बालज्योति केन्द्रमा रोकियो  मतदान
स्याङ्जाको बालज्योति केन्द्रमा रोकियो मतदान मतपत्रमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको विषयमा मतदान प्रक्रिया रोकिएको हो । अहिले स्थानीय दल तथा उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Weather Update