मतपेटिका संकलन, मतगणना निर्वाचन क्षेत्रमै हुने
काठमाडौं -प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन भएसँगै देशैभरकाे मतदानस्थलबाट मटपेटिका संकलन भइरहेकाे छ । मतदान सम्पन्न भएलगतै मतपेटिका शिल गरेर मतदान स्थलबाट मतपेटिका संकलन गरी मतगणनाको लागि मतगणना स्थल पुर्याउने कार्य जारी छ । मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्ष प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएपछि सुरु गरिनेछ । आयोगले प्रत्यक्षतर्फको मत परिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने योजनाका साथ काम गरिएको जनाएको छ । यसैगरि प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भएपछि समानुपातिकतर्फको मतगणना सुरु हुनेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

