Harsamaya
झापा-५मा निर्वाचित भएपछि बालेनले बुझे प्रमाणपत्र
झापा-५मा निर्वाचित भएपछि बालेनले बुझे प्रमाणपत्र उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
मतपेटिका संकलन, मतगणना निर्वाचन क्षेत्रमै हुने
मतपेटिका संकलन, मतगणना निर्वाचन क्षेत्रमै हुने निर्वाचन आयोगका अनुसार प्रत्यक्ष प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएपछि सुरु गरिनेछ । 
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । आयोगका अनुसार दिउँसो ४:३० बजेसम्म ९० लाख ५० हजार मत खसेको  छ । 
दिउँसो १ बजेसम्म २४ प्रतिशत मत खस्यो
दिउँसो १ बजेसम्म २४ प्रतिशत मत खस्यो प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा करिब २३ प्रतिशत, मधेश प्रदेशमा २० प्रतिशत, बागमती प्रदेशमा १९ प्रतिशत, गण्डकी प्रदेशमा २१ प्रतिशत, लुम्बिनी प्रदेशमा २६ प्रतिशत र कर्णाली प्रदेशमा करिब ३१ प्रतिशत मत खसेको आयोगको तथ्याङ्कमा उल्लेख छ ।
कर्णालीमा झन्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र कम दैलेख २ मा
कर्णालीमा झन्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र कम दैलेख २ मा सबैभन्दा बढी हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा १६.८३ प्रतिशत मत खसेको छ । मुगुमा ३७.५५, जाजरकोटमा ३४.५३, डोल्पामा ३४.०५, सल्यानमा ३३.५७, सुर्खेत क्षेत्र नम्बर २ मा ३१.५३ र क्षेत्र नम्बर १ मा ३०.७२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ...
ओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ
ओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मतदान शान्तिपूर्ण रूपमा भइरहेकोमा खुसी लागेको बताए । उनले यस निर्वाचनले देशमा शान्ति र सुव्यवस्था कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै उनले राजनीतिक र हिंसात्मक गतिविधि नियन्त्रणमा राख्नुपर्नेमा जोड दिएका छन् ।
१२ बजेसम्म खस्यो १८ प्रतिशत मत
१२ बजेसम्म खस्यो १८ प्रतिशत मत बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म १८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । सबै जिल्लामा उत्साहजनक मतदान भइरहे पनि केही जिल्लामा तनावग्रस्त भएर केही बेरका लागि मतदान स्थगित गरिएको छ ।
१० बजेसम्म खस्यो ६ प्रतिशत मत
१० बजेसम्म खस्यो ६ प्रतिशत मत आयोगका अनुसार १० लाख ६५ हजार १२० मतदान भएको हो । 
बालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान
बालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान उनले काठमाडौं महानगरपालिका–९, तीनकुने गैरी गाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
ललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपिल
ललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपिल मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खरेलले सबै मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘मैले मतदान गरेँ, तपाईँहरू पनि मतदानमा सहभागी हुनुहोला ।’
जनकपुर-जयनगर रेल सेवा तीनदिन बन्द हुने
जनकपुर-जयनगर रेल सेवा तीनदिन बन्द हुने उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरेको छ । साथै फागुन २२ गते शुक्रबारदेखि साबिक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ ।
युवाविहीन बस्तीमा चुनावी रौनकः न भोटर छन्, न त उत्साह !
युवाविहीन बस्तीमा चुनावी रौनकः न भोटर छन्, न त उत्साह ! सबै दलहरुले आफूले जित्ने दावी गरेका छन् ।
Weather Update