Harsamaya
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

काठमाडौं - प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदानको लागि    तोकिएको समय सकिएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको औपचारिक समय निर्धारण गरेको थियो । आयोगका अनुसार ५ बजेभित्र मतदान केन्द्र पुगेर लाइन लागेका मतदाताले भने मत हाल्न पाउनेछन् । ती बाहेक अब मतदान केन्द्रमा पुग्ने मतदाताले भने मत हाल्न पाउने छैनन् ।

निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । आयोगका अनुसार दिउँसो ४:३० बजेसम्म ९० लाख ५० हजार मत खसेको  छ । 

यता ओखलढुंगाको माने भन्ज्याङमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। त्यस्तै, दाङको बबई गाउँपालिका–७ मलईस्थित देउती मावि (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता मावि जिल्ला मतदान केन्द्रमा भने मतदाताहरूले मतदान नै बहिस्कार गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update