कर्णालीमा झन्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र कम दैलेख २ मा
सुर्खेत - कर्णाली प्रदेशको १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत हुम्लामा खसेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार दिउसो १ बजेसम्म कर्णालीमा ३०.७ प्रतिशत मत खसेको छ ।
सबैभन्दा बढी हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा १६.८३ प्रतिशत मत खसेको छ । मुगुमा ३७.५५, जाजरकोटमा ३४.५३, डोल्पामा ३४.०५, सल्यानमा ३३.५७, सुर्खेत क्षेत्र नम्बर २ मा ३१.५३ र क्षेत्र नम्बर १ मा ३०.७२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै जुम्लामा ३१.२६, कालिकोटमा २६.७९, दैलेख क्षेत्र नम्बर १ मा २१ दशमलव ९२ प्रतिशत र रुकुम पश्चिममा ३४.५३ मत खसेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १३:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

