Harsamaya
ओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बाल कोटमा मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मतदान शान्तिपूर्ण रूपमा भइरहेकोमा खुसी लागेको बताए । उनले यस निर्वाचनले देशमा शान्ति र सुव्यवस्था कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै उनले राजनीतिक र हिंसात्मक गतिविधि नियन्त्रणमा राख्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको छ । यसमा खुसी लाग्यो । निर्वाचनले देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्नेछ । राजनीतिक क्रियाकलाप राजनीतिक र हिंसात्मक गतिविधिहरू नियन्त्रण गर्नुपर्नेछ । लोकतन्त्रलाई फेरी उठाएर ल्याएर देशलाई स्थिरतामा ल्याइ सुशासन र विकासको बाटोमा देशलाई लानुपर्छ ।’

 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update