झापा-५मा निर्वाचित भएपछि बालेनले बुझे प्रमाणपत्र
झापा - झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र ग्रहण गरेका छन् । उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले भने १८, ७३४ मत प्राप्त गरे । काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ १८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

