Harsamaya
१२ बजेसम्म खस्यो १८ प्रतिशत मत

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनमा  दिउँसो १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७ सय ३६ मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म १८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

सबै जिल्लामा उत्साहजनक मतदान भइरहे पनि केही जिल्लामा तनावग्रस्त भएर केही बेरका लागि मतदान स्थगित गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update