Harsamaya
ललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपिल
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ।

ललितपुर - पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. २ मा मतदान गरेका छन् ।

उनले महालक्ष्मी नगरपालिका–स्थित बोझे पोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट आज बिहान ठिक ७ बजेर ७ मिनेटमा मतदान गरेका हुन् । सो केन्द्रमा उनले पहिलो मतदाताका रूपमा मतदान गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खरेलले सबै मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘मैले मतदान गरेँ, तपाईँहरू पनि मतदानमा सहभागी हुनुहोला ।’

खरेल  पहिलो पटक ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् । उनले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिन र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सबैसँग अपिल गरेका छन् ।

ललितपुर क्षेत्र नं. २ सहित देश भरी नै बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ । मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । निर्वाचन आयोगले निर्धारित समयभित्र शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update