देशभर उत्साहजनक मतदान हुँदैछ, कतै रोकिएको छैन : आयोगले
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्नेको सहभागिता उत्साहजनक रहेको जनाएको छ। निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा आंशिक रूपमा मतदान रोकिएको भएपनि समस्याको समाधान गरेर अघि बढ्ने प्रयास भइरहेको बताए।
उनले अहिलेको अवस्थामा मतदान कतै पनि नरोकिएको बताए। उनले देशभर शान्तिपूर्ण माग भइरहेको समेत बताए।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

