मोहनबहादुर बस्नेतको वडामा नारायणबहादुर भट्टराई सभापतिमा सर्वसम्मत
सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाह्रबिसे नगरपालिका–४ मा नारायणबहादुर भट्टराई वडा इकाइ सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
काँग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतको वडासमेत रहेको बाह्रबिसे–४ को आज भएको अधिवेशनबाट भट्टराईको नेतृत्वमा वडा इकाइ समिति चयन गरिएको हो।
बाह्रबिसे नगरपालिकाका १ नम्बर वडाबाहेक सबैमा अधिवेशन भइसकेको छ ।
वडा अधिवेशनसँगै क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया पनि अघि बढाइएको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकका विभिन्न वडामा बिहीबारदेखि अधिवेशन प्रक्रिया जारी छ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३ २१:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

