अधिवेशनमा उपस्थित नभएका मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधि निर्वाचित
काठमाडौं - नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले मोरङ–२ को पार्टी अधिवेशनमा आफू उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै रिजालले संघीय आमनिर्वाचनपछि आफू क्षेत्रमा धेरै बस्न नसकेको बताएका छन्। उनले आफू अनुपस्थित रहे पनि महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गरी आफूप्रति विश्वास र सहयोग व्यक्त गरेकोमा क्षेत्रका नेता–कार्यकर्तालाई धन्यवाद दिएका छन्।
रिजालले साथीहरूसँग भेटघाटका लागि छिट्टै क्षेत्रमा आउने बताएका छन्।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३ १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

