Harsamaya
मोरङ–६ को घटनामा शेखर कोइरालाको नाम जोडेकोप्रति आपति 
वरिष्ठ नेता डा. शेखर कोइराला ।

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनस्थलमा भएको घटनामा वरिष्ठ नेता डा. शेखर कोइरालाको कुनै संलग्नता नरहेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन्।

असोज १४ गते भएको घटनालाई डा. कोइरालासँग समेत जोडेर गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै थपलियाले कोइराला पार्टीको ‘एकता महाधिवेशन’को पक्षमा रही दुवै महाधिवेशन प्रक्रियाबाट तटस्थ रहेको स्पष्ट पारेका छन्।

मोरङ–६ को अधिवेशनका क्रममा बुधबार झडप हुँदा केही नेता तथा कार्यकर्ता घाइते भएका थिए र मनोनयन प्रक्रिया प्रभावित भएको थियो। घटनापछि कोइरालानिकट कार्यकर्ताको संलग्नता रहेको दाबीसमेत सार्वजनिक भएको थियो।

थपलियाले घटनामा कोइरालाको कुनै पनि किसिमको संलग्नता नरहेको स्पष्ट पार्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update