Harsamaya
बलेफीमा पाँच वडामा कांग्रेसको नयाँ नेतृत्व 

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पाँच वडाको अधिवेशन सम्पन्न भएको छ।

बिहीबार भएको वडा अधिवेशनमा वडा नम्बर १, ४, ५, ७ र ८ को अधिवेशन सम्पन्न भएको जिल्ला संयोजक लालकाजी तामाङले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाका बाँकी तीन वडाको अधिवेशन पनि छिट्टै सम्पन्न गरिनेछ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहले बिहीबारदेखि देशभर वडा अधिवेशन सुरु गरेको हो। 

सिन्धुपाल्चोकमा पनि विभिन्न स्थानीय तहका वडामा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। वडा अधिवेशनबाट नयाँ नेतृत्वसँगै क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update