स्याङ्जाको बालज्योति विद्यालयमा रोकिएको मदतान दुई घण्टापछि फेरि सुरु
स्याङ्जा - स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बाल ज्योति आधारभूत विद्यालयमा रोकिएको मतदान फेरि सुरु भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि उत्पन्न विवादका कारण मतदान प्रक्रिया अवरुद्ध भएको थियो ।
मतदान केन्द्रमा १७१ मत खसिसकेपछि विवाद चर्किएको थियो । त्यसपछि तत्काल प्रयोगमा रहेका दुवै मतपेटिकालाई सिलबन्दी गरेर छुट्टै गणना गर्ने सहमति भएपछि मतदान पुनः सञ्चालन गरिएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए ।
उनका अनुसार घटनाबारे निर्वाचन आयोगलाई जानकारी पठाइसकिएको छ । त्यसपछि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि नयाँ मतपेटिका राखेर मतदान प्रक्रिया अघि बढाइएको हो ।
७०१ मतदाता रहेको उक्त केन्द्रमा अहिले मतदाता मतदान गर्न लाइनमा बसिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १४:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

