Harsamaya
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा भएनन् सहभागी

काठमाडौं - राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन् । संविधानका संरक्षकका रूपमा तटस्थता कायम गर्दै उनीहरूले मतदान नगरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । यसअघि राष्ट्रपति पौडेलले गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । उनले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update