Harsamaya
स्याङ्जाको बालज्योति केन्द्रमा रोकियो  मतदान

काठमाडौं - स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकिएको छ । स्याङ्जा वालिङ नगरपालिका–१० मोदी खोलास्थित बाल ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान रोकिएको हो ।

मतपत्रमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको विषयमा मतदान प्रक्रिया रोकिएको हो । अहिले स्थानीय दल तथा उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update