Harsamaya
दोलखाको मालुमा मतपत्रको ठेली लुट्नेमाथि मुद्दा चल्ने, मतदानको अर्को मिति तोक्न सिफारिस

काठमाडौं - दोलखाको तामाकोसी गाउँपालिका-४ को मालु मतदान केन्द्रबाट मतपत्रको ठेली नै लुटेर भागेकामाथि मुद्दा चल्ने भएको छ।

बुथ कब्जा गर्नको लागि मतपत्रको ठेली नै बोकेर हिँडेका नेपाली काँग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोसी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीमाथि मुद्दा चलाउने तयारी भएको हो।

यस्तै, स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्। काँग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाएपछि प्रहरीले हवाई फायर समेत गरेको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update