रसुवा बाढी : ११३१ शव फेला, करिब ५ हजार सम्पर्कविहीन, १३ हजारको उद्धार
शनिबार, भदौ २०, २०८३
१ हजार १३१ शवमध्ये हालसम्म १८ जनाको मात्र सनाखत भई परिवारलाई बुझाइएको छ । फेला परेका शवहरूमा विभिन्न स्थानमा भेटिएका मानव अङ्गहरूसमेत समावेश छन् ।
पत्रकारले देखेको विपद्, पीडा र राज्य : ‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ [भिडियोसहित]
शनिबार, भदौ २०, २०८३
त्यो मानिसले आफ्नो जीवनभर जोडेको सम्पत्ति गुमाएको पीडा, विस्थापनको अन्योल, राहतको प्रतीक्षा र राज्यसँगको अपेक्षाको कथा पनि थियो ।
भोटेकोशी बाढीको ११ औं दिन : १३४४ शव फेला, पाँच हजार बेपत्ता
शनिबार, भदौ २०, २०८३
बेपत्ता हुनेमा ३५ देशका करिब ६ सय विदेशी नागरिकसमेत छन् । मन्त्रालयका अनुसार विपद्पछि हालसम्म ३०० भन्दा बढी विदेशीसहित कुल १३ हजार ९८ जनाको जीवितै उद्धार गरिएको छ ।
त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार
शनिबार, भदौ २०, २०८३
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले टनेलभित्रबाट ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो ।
बेत्रावतीबाट जीवित उद्धार गरिएकी महिलाको छाउनी अस्पतालमा उपचार हुँदै
शनिबार, भदौ २०, २०८३
‘६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरी उपचारका लागि छाउनी अस्पताल ल्याएका छौं । उहाँको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले जाँच गरिरहनुभएको छ,’ उनले भने ।
भोटेकोशी बाढी : १ हजार ३४४ वटा शव फेला
शनिबार, भदौ २०, २०८३
त्यस्तै, बाढीमा परेका ८ हजार ६३१ जना घाइतेहरुको उद्धार गरिएको छ । प्रहरीले हालसम्म १ हजार ३० जनाको शव व्यवस्थान गरेको जनाएको छ ।
रसुवा–नुवाकोटमा तत्काल ठूलो बाढीको सम्भावना छैन
शुक्रबार, भदौ १९, २०८३
केन्द्रले पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआत्तिन र संयमित रहन आग्रह गरेको छ।
७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, ३२ हजारभन्दा बढी प्रभावित
शुक्रबार, भदौ १९, २०८३
दलदलयुक्त भू–भागका कारण भारी मेसिन दुई पटक लैजान खोज्दा पनि जमिनमा धसिने समस्या आएपछि त्यसलाई लैजान नसकिएको हो ।
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’
शुक्रबार, भदौ १९, २०८३
उद्धारमा सक्रिय बिनोद श्रेष्ठका अनुसार सुरुङ भित्रको स्थिति एकदमै कठिन बनेको छ, बगेर आएका मुढाहरू, ठूला–ठूला बोल्डरहरू साथै आरसीसी स्ट्रक्चरहरू तलसम्म भासिएकाले भित्रसम्म खोज तथा उद्धार गर्न कठिन बनेको छ ।
त्रिशूली ३–‘ए’ सुरुङबाट जीवितै उद्धार भएपछि विकास यादवका परिवारमा जाग्यो आशा
शुक्रबार, भदौ १९, २०८३
त्रिशूली ३–‘ए’ आयोजनामा कार्यरत ३० वर्षीय सिभिल इन्जिनियर विकास यादव सोही परियोजनामा कार्यरत थिए ।
कपडाले पानी छानेर पिउँदै आफ्नो ज्यान बचाएका थिए सञ्जयले
शुक्रबार, भदौ १९, २०८३
लामो समयसम्म सञ्जय जीवितै छन् भन्ने आशामा बसेका परिवारले केही दिनपछि भने उनको सकुशल उद्धार हुने आशा कमजोर हुँदै गएको बताएको छ ।
जीवित उद्धार गरिएका कवीरका सासुआमा भन्छिन्, ‘उहाँको पुनर्जन्म नै भयो’
शुक्रबार, भदौ १९, २०८३
शुक्रबार बिहान सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साह र कवीर महर्जनको छाउनी अस्पतालमा उपचार भइरहेको हो।
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द
शुक्रबार, भदौ १९, २०८३
आज बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो ।
साताको लोकप्रिय

