चीनको स्पष्टीकरणः भोटेकोशी बाढीबारे नेपाललाई महत्वपूर्ण सूचना समयमै दिइएको थियो
शनिबार, भदौ १३, २०८३
चट्टानका संरचना समुद्र सतहबाट ४ हजारदेखि ५ हजार मिटर वा त्यसभन्दा माथिको उच्च हिमाली क्षेत्रमा रहेकाले नियमित स्थलगत सर्वेक्षणबाट प्रभावकारी निगरानी गर्न कठिन हुने बताएका छन्।
मृत्यु हुनेको सङ्ख्या ६५७ पुग्यो, २७ प्रहरी अझै सम्पर्कविहीन
शनिबार, भदौ १३, २०८३
बाढीपछि २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीको अद्यावधिक विवरणमा उल्लेख छ।
सैनिक ब्यारेकबाट बाढीपीडितले भने : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस्
शनिबार, भदौ १३, २०८३
बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरू केही दिनदेखि ब्यारेक परिसरमै बसिरहेका छन् । तर, बसोबास, खानेकुरा तथा आवश्यक सामग्रीको अभावका कारण उनीहरूले कठिनाइ भोगिरहेका छन् ।
१२७ नेपालीसहित ६६७ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?
शनिबार, भदौ १३, २०८३
पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान र उद्धारका लागि समन्वय गरिरहेका छन्।
त्रिशूली ३ 'ए' को टनेलको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन, भारतीय टोली पनि पुग्यो
शनिबार, भदौ १३, २०८३
टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।
माटोमुनि पुरिएकी बालिकाको उद्धार
शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीमा परेकाहरुको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले माटोमुनि बालिका रोईरहेको आवाज सुनेपछि तत्काल खोजीकार्य शुरु गरी माटोमुनि पुरिएको अवस्थामा ती बालिकालाई फेला पारेको थियो ।
सेफ फुटाएर पैसा बाँड्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद
शनिबार, भदौ १३, २०८३
घटनाको खबर पाउनासाथ खटिएको प्रहरी टोलीले छानबिन तथा खानतलासीका क्रममा संलग्न २९ जनालाई पक्राउ गर्नुका साथै उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगदसमेत बरामद गरेको छ।
रसुवा बाढीमा सिन्धुपाल्चोकका कुन पालिकाबाट कति जना सम्पर्कविहीन ?
शनिबार, भदौ १३, २०८३
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार सबैभन्दा धेरै बाह्रबिसे नगरपालिकाका ५८ जना र भोटेकोशी गाउँपालिकाका ६४ जना सम्पर्कविहीन छन्।
मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा
शनिबार, भदौ १३, २०८३
धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी यातायात मात्र सञ्चालन भइरहेको छ ।
रसुवा बाढी : ६१६ शव फेला, २३०१ जनाको उद्धार
शनिबार, भदौ १३, २०८३
नेपाल प्रहरीले शनिबार बिहान ७ बजे सम्म सार्वजनिक गरेको विवरणअनुसार फेला परेका ६१६ शवहरू मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन् ।
नुवाकोटमा बाढीबाट ५१ जनाको मृत्यु, ४०५ बेपत्ता
शनिबार, भदौ १३, २०८३
जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरणअनुसार बाढीबाट ४० जना घाइते भएका छन्। मृत्यु भएका ५१ जनाको शव फेला परे पनि अझै सनाखत हुन बाँकी रहेको उल्लेख छ।
भोटेकोसी बाढीपछि कर्णालीका २०८ जना अझै सम्पर्कविहीन
शनिबार, भदौ १३, २०८३
प्रदेश प्रहरी कार्यालयको पछिल्लो अध्यावधिक विवरणअनुसार सबैभन्दा धेरै जुम्लाका नागरिक सम्पर्कविहीन भएका छन् । जुम्लाका ९० जना पुरुष अझै परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
तरुण दल सिन्धुपाल्चोकद्वारा बाढीपीडितका लागि ८० हजार ७०० सहयोग
शुक्रबार, भदौ १२, २०८३
विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिँदै मानवीय सेवाप्रतिको जिम्मेवारी निर्वाह गर्न सहयोग गर्ने सबैलाई अध्यक्ष लामाले धन्यवाद दिएका छन्।
साताको लोकप्रिय

