Harsamaya
बाढीपहिरोमा १२ हजारभन्दा बढी अझै बेपत्ता, १६ हजार ७२६ जना हराएको रिपोर्ट
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बाढीपहिरोलगायत विपद्का घटनामा १६ हजार ७२६ जना हराएको रिपोर्ट प्राप्त भएको छ। तीमध्ये १२ हजार ३७५ जना अझै हराइरहेका छन्।

उपलब्ध पछिल्लो विवरणअनुसार २ हजार ५२८ जना फेला परेका छन्। फेला परेकामध्ये ७०५ जना परिवारको प्रतीक्षामा छन् भने १ हजार ८२३ जनाको खोजी तथा उद्धारसम्बन्धी अनुरोध समाधान भएको छ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार २५१ जना हराएको रिपोर्ट प्राप्त भएको छ। हराउनेमा १८ वर्षमुनिका ९८३ बालबालिका र ६० वर्षभन्दा माथिका ५१६ ज्येष्ठ नागरिक छन्।

विपद् प्रभावितका लागि हालसम्म २५२ वटा सहयोग अनुरोध प्राप्त भएका छन्। तीमध्ये ३ वटा समाधान भएका छन् भने २०० वटा खुला र १६५ वटा अति जरुरी अवस्थामा रहेका छन्। ४५ वटा अनुरोधमा काम भइरहेको विवरणमा उल्लेख छ।

त्यस्तै, सहयोगका लागि ९९ वटा प्रस्ताव प्राप्त भएका छन् र सबै ९९ वटा उपलब्ध रहेको जनाइएको छ। हाल भने कुनै सहयोग प्रस्ताव कार्यान्वयनमा नरहेको विवरणमा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update