७८८ शव फेला, २ हजार ७४२ जनाको उद्धार
काठमाडौं - रसुवा भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
२०८३ भदौ १४ गते दिउँसो ३ बजेसम्मको विवरणअनुसार बाढी तथा उद्धारका लागि ७ हजार ८८४ प्रहरी परिचालन गरिएको छ। अझै २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।
फेला परेका शवमध्ये:
चितवन : २६४
नवलपरासी पूर्व : १९४
नवलपरासी पश्चिम : १२०
गोरखा : ५८
नुवाकोट : ५२
धादिङ : ५०
तनहुँ : ३७
रसुवा : १३
यस्तै, हालसम्म २ हजार ७४२ जनाको उद्धार तथा घाइते भएको प्रहरीले जनाएको छ। रसुवाबाट ७१९, नुवाकोटबाट २ हजार २० र धादिङबाट ३ जना रहेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १६० जना रहेको छ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ १६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

