Harsamaya
माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङमा ब्लास्टिङसम्मको तयारी
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङसहितका उपाय अघि बढाएका छन्।

नुवाकोट - माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङसहितका उपाय अघि बढाएका छन्।

उद्धारस्थलमा नेपाली सेनाका ६६, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली परिचालित छ।

टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर प्वाल बनाएको थियो। डोरीको सहायताले तल झरेर भित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई तीव्र बनाउन ठूला उपकरण प्रयोग, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ भइरहेको छ।

कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद उद्धार टोली अहोरात्र उद्धारमा जुटिरहेको छ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update