Harsamaya
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि क्षेत्र नं ३ मा रास्वपाकै उम्मेदवार नरेन्द्र साह कलवार २० हजार २७८ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले छ हजार ७४२ मतका साथ पछ्याइरहेका छन् ।  
जाजरकोटमा ‘शक्तिहीन’ देखिए शक्ति बस्नेत
जाजरकोटमा ‘शक्तिहीन’ देखिए शक्ति बस्नेत सुरुवातदेखि नै अग्रता लिँदै आएका नेपाली कांग्रेसका खड्कबहादुर बिसीले अग्रता कायमै राख्दा शक्ति बस्नेत पछ्याई रहेका छन् । विसीले एक हजार ८३९ मतसहित अग्रता कायम राखेका छन् ।
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी निर्वाचित
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी निर्वाचित यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित भएकी थिइन् । 
काठमाडौँ–४ मा रास्वपाका  पुकार बम निर्वाचित
काठमाडौँ–४ मा रास्वपाका  पुकार बम निर्वाचित बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याए । 
परिणाम अपेक्षाअनुसार आएन, तर लोकतन्त्रको जित भएकोमा खुशी छु : जगदिश्वर नरसिंह केसी
परिणाम अपेक्षाअनुसार आएन, तर लोकतन्त्रको जित भएकोमा खुशी छु : जगदिश्वर नरसिंह केसी उनले विभिन्न अड्कलबाजी र अवरोधबीच पनि अन्ततः निर्वाचन सम्पन्न भएको र संविधान सुरक्षित रहँदै लोकतान्त्रिक प्रक्रिया अघि बढेकोमा सन्तोष व्यक्त गरेका छन्।
महोत्तरी–१ मा रास्वपा उम्मेदवार  प्रमोदकुमार महतो विजयी
महोत्तरी–१ मा रास्वपा उम्मेदवार  प्रमोदकुमार महतो विजयी नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ र नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ६ हजार २१३ मत ल्याएको जनाइएको छ । 
बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित
बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित बाँकेको क्षेत्र नं १ मा पनि रास्वपाका सुरेश चौधरी विजयी भएका छन् भने  क्षेत्र नं २ मा भने नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी भएका छन् । 
चितवन–२ बाट रवि लामिछाने विजयी
चितवन–२ बाट रवि लामिछाने विजयी यस निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार १५२ मतदाता भएकामा मत ८७ हजार २२१ खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २३  जना प्रत्यासी छन् । 
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो । 
भक्तपुर–२ को परिणाम स्वीकार्दै महेश बस्नेतले दिए राजिब खत्रीलाई बधाई
भक्तपुर–२ को परिणाम स्वीकार्दै महेश बस्नेतले दिए राजिब खत्रीलाई बधाई बस्नेतले ‘सूर्य’ चुनाव चिह्नमा मतदान गरेर विश्वास व्यक्त गर्ने सम्पूर्ण मतदाता तथा चुनावी अभियानमा खटिएका पार्टीका नेता–कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गरेका छन्।
स्याङ्जा–१ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
स्याङ्जा–१ मा रास्वपाका धनञ्जय रेग्मी विजयी स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो ।
रुपन्देही–४ मा रास्वपाका कन्हैया बनियाँ निर्वाचित
रुपन्देही–४ मा रास्वपाका कन्हैया बनियाँ निर्वाचित निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६१३ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा कूल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो ।
Weather Update