Harsamaya
चितवन–२ बाट रवि लामिछाने विजयी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

चितवन - चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले ५४ हजार ४०२ मत प्राप्त गरे । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छिन् । 

यस्तै नेकपा (एमाले)का अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले चार हजार ४६९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए । 

लामिछानेले यसअघि विसं २०८० मा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका थिए । यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए । 

यस निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार १५२ मतदाता भएकामा मत ८७ हजार २२१ खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २३  जना प्रत्यासी छन् । 

चितवन - २ मा रास्वपाका सभापति रवि लामिछाने विजयी, अरुको मत कति ?

रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी) = 54,402
मिना कुमारी खरेल (नेपाली कांग्रेस चितवन) = 14,564
अस्मिन घिमिरे (नेकपा_एमाले) = 6,992
प्रताप गुरुङ्ग (नेपाली कम्युनिष्ट पार्टी) = 4,969 
मिलन थापा मगर (श्रम संस्कृति पार्टी) = 751
जगदिश्वर अधिकारी (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 707
इन्द्र बहादुर स्याङतान (स्वतन्त्र) = 590
नि. कुमार पाख्रीन (उज्यालो नेपाल पार्टी) = 533
ऋषा गोले (मंगोल नेशनल अर्गनाइजेसन) = 191
देवी शर्मा (राष्ट्रिय जनमोर्चा) = 123
दिर्शना कुमारी शाही (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 106
निर्मला कुमारी ठाकुर (जनमत पार्टी) = 104
प्रकाश बहादुर पाण्डे (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 58
शोभा बासुकला (नेपाल मजदुर किसान पार्टी) = 32
शक्ति राज गुरुङ (नेशनल रिपब्लिक नेपाल) = 23
कमान सिंह चौधरी (जनता समाजवादी पार्टी, नेपाल) = 22
देवी कुमारी मगर (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 16
सुवास महतो (नागरिक उन्मुक्ति पार्टी, नेपाल_एकल चुनाव चिन्ह)= 13
कृष्ण प्रसाद चापागाई (स्वतन्त्र) = 12
शंकु प्रसाद जैसी (स्वतन्त्र) = 12
रवि कुमाल (स्वतन्त्र) = 5
प्रविन सापकोटा (स्वतन्त्र) = 4
प्रताप सिंह तमाङ्ग (स्वतन्त्र) = 3

जम्मा मतदाता : १३७१५१ [६७८५७ पुरुष र ६९२९४ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update