Harsamaya
स्याङ्जा–१ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
डा धनञ्जय रेग्मी ।

स्याङ्जा - स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी भएका छन् । 

शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।  

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित भए । उनले १८ हजार ८५७ मत प्राप्त गरे । नेकपा (एमाले) का मीनप्रसाद गुरुङ तेस्रो भए । उनले १६ हजार ८०४ मत प्राप्त गरे ।  

स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो ।

स्याङजा - १ को मत अपडेट :-
धनन्जय रेग्मी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 29,071 (विजयी)
भरत राज ढकाल (नेपाली कांग्रेस) = 18,857
मिन प्रसाद गुरुङ्ग (नेकपा एमाले) = 16,804
शैलेन्द्र घिमिरे (नेपाली कम्युनिष्ट पार्टी) = 1,552
हुकुम बहादुर राना (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 698
पिरन गुरुङ्ग (श्रम संस्कृति पार्टी) = 489
याम बहादुर गुरुङ्ग (मंगोल नेशनल अर्गनाइजेसन) = 216
रविन्द्र मल्ल (उज्यालो नेपाल पार्टी) = 176
अर्जुन कुमार गुरुङ (नेशनल रिपब्लिक नेपाल) = 61
सोम बहादुर परियार (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 57
रन बहादुर विश्वकर्मा (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 30
अशोक विष्ट (स्वतन्त्र) = 25

जम्मा मतदाता : १,३०,८८५ [६४,७७५ पुरुष र ६६,११० महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update