Harsamaya
बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित
खगेन्द्र सुनार ।

बाँके - बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएकन छन् । उनी २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित भएको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए । 

सुनारका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक गौरीमगरले ४ हजार १५ मत प्राप्त गरेका छन् । 

बाँकेको क्षेत्र नं १ मा पनि रास्वपाका सुरेश चौधरी विजयी भएका छन् भने  क्षेत्र नं २ मा भने नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी भएका छन् । 

बाँके - ३ मा रास्वपाका सुनार विजयी, अरुको मत कति ?

खगेन्द्र सुनार (राष्ट्रिय स्वतन्त्र पार्टी) = 29,551
सुमन मल्ल (नेकपा_एमाले) = 19,615
अमर सिह पुन (नेपाली कांग्रेस) = 13,215
दिपक कुमार गौरी मगर (नेपाली कम्युनिष्ट पार्टी) = 4,015
तारक सिंह थारु (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,912
ध्रुव राज थारु (नागरिक उन्मुक्ति पार्टी, नेपाल_एकल चुनाव चिन्ह) = 474
फिरोज खाँ (जनमत पार्टी) = 469
ओमकार थापा मगर (श्रम संस्कृति पार्टी) = 339
मन बहादुर सुनार (राष्ट्रिय जनमोर्चा) = 114
चन्द्र विर कामी (नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी_पुष्पलाल) = 106
बिधा शर्मा (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 95
मुबारक अली दर्जी (राष्ट्रिय जनमत पार्टी) = 81
सूर्य लाल यादव (जनता समाजवादी पार्टी, नेपाल) = 75
तेज प्रसाद भण्डारी (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 48
भुमी महत्तरा (नेपाल मजदुर किसान पार्टी) = 42
मनोज कुमार थारु (मंगोल नेशनल अर्गनाइजेसन) = 37
रुप कुमार चन्द (मितेरी पार्टी नेपाल) = 17
सूर्यप्रसाद रेग्मी (स्वतन्त्र) = 16
भगवती शाह (स्वतन्त्र) = 12
भिम बहादुर सुनार (स्वतन्त्र) = 11
पदम बहादुर घर्ती मगर (स्वतन्त्र) = 8
चेत बहादुर वली (स्वतन्त्र) = 7

जम्मा मतदाता : ११७३५३ [५८६६४ पुरुष र ५८६८९ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update