Harsamaya
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी ।

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन् । उनी ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । 

केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरे  भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याएका छन् ।

यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित भएकी थिइन् । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update