म्याग्दी - म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।
बाइस हजार ८५० मतका साथ पुन निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरेका छन् । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित, अरुको मत कति ?
महावीर पुन (स्वतन्त्र) = 22,850 (निर्वाचित)
हरीकृष्ण श्रेष्ठ (नेकपा_एमाले) = 7,919
कर्ण बहादुर भण्डारी (नेपाली कांग्रेस) = 6,676
अर्जुनबहादुर थापा (नेपाली कम्युनिष्ट पार्टी) = 3,529
युवराज रोका (राष्ट्रिय स्वतन्त्र पार्टी) = 1,519
डम्भर बहादुर सुवेदी (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 252
क्षेत्रवहादुर घिमिरे (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 185
विनोद राना (श्रम संस्कृति पार्टी) = 119
देवेन्द्र कामी (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 37
तुल प्रसाद गर्बुजा (नेशनल रिपब्लिक नेपाल) = 27
छेम बहादुर वि.क (राष्ट्रिय जनमोर्चा) = 22
भिम बहादुर लामा (मंगोल नेशनल अर्गनाइजेसन) = 5
जम्मा मतदाता : ८६३९६ [४२३३२ पुरुष र ४४०६४ महिला

