काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार रुकेश रन्जित विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन् । यससँगै उनीहरूबीचको मतान्तर पाँच हजार २८९ पुगेको छ ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपाने चार हजार २२८ मत ,नेकपा (एमाले) का सोमप्रसाद पाण्डेले तीन हजार ७२१ मत ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भरतबहादुर खड्काले दुई हजार ४७२ मत र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का हरिराम लबजुले एक हजार १७७ मत ल्याएका छन् ।
भक्तपुर–१ लामो समयदेखि नेमकिपाको प्रभाव रहेको क्षेत्र मानिन्थ्यो । यसअघि २०७९ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट प्रेम सुवाल निर्वाचित भएका थिए । त्यस्तै २०४८, २०५१, २०५६, २०६४ र २०७० सालका निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएका थिए ।
तर यसपटक भने रास्वपाका रुकेश रन्जितले विजय हासिल गर्दै २०४८ सालयता कायम रहेको नेमकिपाको जितको श्रृंखला तोडेका छन् ।
मत अपडेट :
रुकेश रन्जित (राष्ट्रिय स्वतन्त्र पार्टी) = 33,436
प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी) = 28,147
किरण न्यौपाने (नेपाली कांग्रेस) = 4,282
सोम प्रसाद मिश्र (नेकपा_एमाले) =3,721
भरत बहादुर खड्का (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 2,472
हरि राम लवजू (नेपाली कम्युनिष्ट पार्टी) = 1,177
रमेश बल्ल (उज्यालो नेपाल पार्टी) = 558
इश्वरी प्रसाद पैयानी (राष्ट्रिय जनमोर्चा) =334
विष्णु हरि न्हिसुतु (श्रम संस्कृति पार्टी) = 310
श्याम सुन्दर शिल्पकार (जनता समाजवादी पार्टी, नेपाल) = 124
रबि खाइजु (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 95
चन्द्रमान कोजु (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 68
सुरेश कोजु (स्वतन्त्र) = 43
देबेन्द्र ठाकुर (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 38
दामोदर काफ्ले (नेपाल कम्युनिष्ट पार्टी_संयुक्त) =26
राजु श्रेष्ठ (स्वतन्त्र) = 25
राजेश्वरी प्रजापती (स्वतन्त्र) = 23
बाल कृष्ण खाइतु (स्वतन्त्र) = 21
दिपक कुमार पोखरेल (नेपालका लागि नेपाली पार्टी) = 17
सुजिता बुढाथोकी (स्वतन्त्र) = 12
दशरथ थापा (स्वतन्त्र) = 11
सुदिप न्यौपाने (स्वतन्त्र) = 9
विष्णु राम दुमरु (स्वतन्त्र) = 7
पुन्य राम सुवाल (स्वतन्त्र) =6
सावित्री न्यौपाने (मितेरी पार्टी नेपाल) = 5
जम्मा मतदाता : १,०७,०५४ [५२०६६ पुरुष र ५४९८८ महिला]

