Harsamaya
भोटेकोसीमा पानीको सतह केही बढ्यो, ‘बाढी आएको’ भन्दै फैलाइएका सूचना गलत
भोटेकोसीमा पानीको सतह केही बढ्यो, ‘बाढी आएको’ भन्दै फैलाइएका सूचना गलत भोटेकोसी नदीमा पानीको सतह केही बढेको भए पनि ठूलो बाढी आएको अवस्था नरहेको बताइएको छ। चिनियाँ अधिकारीहरूले समेत नदीमा पानीको सतह सामान्यभन्दा केही बढेको जानकारी दिएका छन्।
पाँचपोखरी दर्शन गर्न गएका पाँच भक्तजनमाथि खुकुरी प्रहार
पाँचपोखरी दर्शन गर्न गएका पाँच भक्तजनमाथि खुकुरी प्रहार खुकुरी प्रहारबाट मेलम्ची–७ का कृष्ण गिरी, लिलाकुमारी, काभ्रेको बेथानचोककी विजया तिमिल्सिना, पाँचपोखरी–६ की मन्जु भट्टराई र लिदी–२ की कान्छीमाया दोङ घाइते भएका छन्।
रसुवा बाढीमा सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन
रसुवा बाढीमा सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन भएका छन्।
बाह्रबिसेमा ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु
बाह्रबिसेमा ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु दुर्घटनामा टिपरमा सवार बाह्रबिसे–८ का २९ वर्षीय राजु लामा सडकछेउतर्फ हाम फालेका थिए। सोही क्रममा पल्टिएको टिपरले उनलाई च्यापेको थियो।
सिन्धुपाल्चोकका स्थानीय तहमा ३१ करोडभन्दा बढी बेरुजु, मेलम्ची सबैभन्दा अगाडि
सिन्धुपाल्चोकका स्थानीय तहमा ३१ करोडभन्दा बढी बेरुजु, मेलम्ची सबैभन्दा अगाडि यसै गरी, वित्तीय अनुशासनमा चुकेको बाह्रबिसे नगरपालिका ५ करोड २८ लाख ४८ हजार रुपैयाँ बेरुजुसहित दोस्रो स्थानमा छ।
रूख चिन्हको उम्मेदवार जिताउन वडा वडामा लाग्नुहोस्: नेता बस्नेत 
रूख चिन्हको उम्मेदवार जिताउन वडा वडामा लाग्नुहोस्: नेता बस्नेत  आज राजधानी काठमाडौंमा कांग्रेस मेलम्ची नगर कार्य समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आजै देखी आ-आफ्नो वडामा गएर सके सम्म अरूको पाटीका भन्दा दोब्बर मतले पार्टीलाई जिताउने गरी लागि पर्न अनुरोध गरे । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिवेशमा यो वा त्यो मान्छे नभई कांग्रेसले चुनाब जित्नु पर्ने...
सिन्धुपाल्चोकमा प्रतिनिधिसभा निर्वाचनका लागि ३६ जनाको उम्मेदवारी दर्ता
सिन्धुपाल्चोकमा प्रतिनिधिसभा निर्वाचनका लागि ३६ जनाको उम्मेदवारी दर्ता ६ जना स्वतन्त्र उम्मेदवारसहित निर्वाचन क्षेत्र नम्बर १ र २ दुवैमा १८–१८ जनाले मनोनयन दर्ता गराएका हुन्। ५४ वडा समेटिएको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका जिल्ला सभापति जङ्गबहादुर लामा, नेकपा एमालेबाट सुरेश नेपाल, तथा नेपाल कम्युनिस्ट पार्टीबाट निवर्तमान सांसद माधव सापकोटा ‘सुबोध’ ले उम्मेदवारी दर्ता गराएका छन्। 
सिन्धुपाल्चोकमा ठूलो सङ्ख्यामा म्यादी प्रहरी माग, चौतारा र बन्देउबाट दरखास्त दिन सकिने
सिन्धुपाल्चोकमा ठूलो सङ्ख्यामा म्यादी प्रहरी माग, चौतारा र बन्देउबाट दरखास्त दिन सकिने अब म्यादी प्रहरीका लागि माघ ४ गतेसम्म दरखास्त आव्हान गरिएको छ । दरखास्त दिन चाहनेले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र सशस्त्र प्रहरी बल नेपाल न‌‌‌‌.१६ गण हेड क्वाटर बन्देउमा दरखास्त दिन सक्नेछन् ।
सामाजिक कार्यमुखी सिन्धुपाल्चोक व्यावसायिक क्लबको नयाँ कार्यसमिति चयन
सामाजिक कार्यमुखी सिन्धुपाल्चोक व्यावसायिक क्लबको नयाँ कार्यसमिति चयन कार्यक्रममा क्लबका सदस्यहरू, सिन्धुपाल्चोकका विभिन्न क्षेत्रका व्यवसायीहरू तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सामाजिक सेवा, आपत्कालीन सहयोग, शिक्षा, स्वास्थ्य तथा समुदाय विकासलाई प्राथमिकता दिँदै आएको क्लबले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सुनिल र रमेश समूहबीच झडप, एकअर्काबीच आरोप प्रत्यारोप
सुनिल र रमेश समूहबीच झडप, एकअर्काबीच आरोप प्रत्यारोप घटनापछि नेकपा एमाले सिन्धुपाल्चोक र राष्ट्रिय युवा संघ सिन्धुपाल्चोकले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।
निर्वाचनकै मुखमा एमाले नेता–कार्यकर्तामाथि योजनाबद्ध आक्रमण,  दुई जना गम्भीर घाइते
निर्वाचनकै मुखमा एमाले नेता–कार्यकर्तामाथि योजनाबद्ध आक्रमण, दुई जना गम्भीर घाइते आक्रमणमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य श्याम लामासमेत गम्भीर घाइते भएका छन्। दुवैको अस्पतालमा उपचार भइरहेको छ। नेकपा एमाले सिन्धुपाल्चोकले घटनालाई जघन्य, अमानवीय र लोकतन्त्र विरोधी अपराधको संज्ञा दिँदै दोषी पहिचान नगरी बस्ने हो भने त्यसको सम्पूर्ण जिम्मेवारी राज्य स्वयंले लिनुपर्ने चेतावनी दिएको छ।
सिन्धुपाल्चोकमा मतदाता सङ्ख्या २ लाख ७४ हजार नाघ्यो
सिन्धुपाल्चोकमा मतदाता सङ्ख्या २ लाख ७४ हजार नाघ्यो मतदाता विवरणअनुसार जिल्लामा महिला मतदाता १ लाख ३१ हजार ६९६ र पुरुष मतदाता १ लाख ४३ हजार ३०२ रहेका छन्। समग्रमा पुरुष मतदाता सङ्ख्या महिलाभन्दा ११ हजार ६०६ ले बढी देखिएको छ।
Weather Update