Harsamaya
पाँचपोखरी दर्शन गर्न गएका पाँच भक्तजनमाथि खुकुरी प्रहार
पाँचपोखरी ।

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३, भोताङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरी दर्शन गर्न गएका भक्तजनमाथि खुकुरी प्रहार भएको छ।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकलाई पठाएको पत्रअनुसार भदौ ११ गते मेलाको हुलमुलमा एक व्यक्तिले खुकुरी प्रहार गर्दा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

खुकुरी प्रहारबाट मेलम्ची–७ का कृष्ण गिरी, लिलाकुमारी, काभ्रेको बेथानचोककी विजया तिमिल्सिना, पाँचपोखरी–६ की मन्जु भट्टराई र लिदी–२ की कान्छीमाया दोङ घाइते भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा पाँचपोखरी थाङपाल–३ भोताङका ३६ वर्षीय कान्छा लामा रहेका छन्।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले तत्काल हेलिकप्टरमार्फत उद्धार गरी उपचारको व्यवस्था गर्न गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update