Harsamaya
रसुवा बाढीमा सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन
रसुवा बाढी ।

सिन्धुपाल्चोक - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन भएका छन्।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार बाढीमा परेका जिल्लाका २२४ जना अझै परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्। उनीहरूको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्य भइरहेको छ।

भदौ १० गते बिहान रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपछि त्रिशूली नदी आसपासका क्षेत्रमा समेत ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन्।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोजी तथा उद्धारलाई तीव्रता दिएका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update