Harsamaya
सिन्धुपाल्चोकमा प्रतिनिधिसभा निर्वाचनका लागि ३६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं – सिन्धुपाल्चोक जिल्लामा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३६ जनाको उम्मेदवारी दर्ता भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार मङ्गलबार साँझ ७ बजेसम्म प्राप्त विवरणअनुसार ६ जना स्वतन्त्र उम्मेदवारसहित निर्वाचन क्षेत्र नम्बर १ र २ दुवैमा १८–१८ जनाले मनोनयन दर्ता गराएका हुन्। ५४ वडा समेटिएको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका जिल्ला सभापति जङ्गबहादुर लामा, नेकपा एमालेबाट सुरेश नेपाल, तथा नेपाल कम्युनिस्ट पार्टीबाट निवर्तमान सांसद माधव सापकोटा ‘सुबोध’ ले उम्मेदवारी दर्ता गराएका छन्। 

क्षेत्र नम्बर १ का उम्मेदवारहरू यस प्रकार रहेका छन् : 

जङ्गबहादुर लामा – नेपाली काँग्रेस

सुरेश नेपाल – नेकपा एमाले 

माधव सापकोटा ‘सुबोध’ – नेपाल कम्युनिस्ट पार्टी 

अशोकबहादुर श्रेष्ठ – नागरिक सर्वोच्चता पार्टी नेपाल

 गीतादेवी कर्माचार्य – नेपाल मजदुर किसान पार्टी

 दावा ग्याम्छो लामा – राष्ट्रिय जनमोर्चा

 दावा लामा – मङ्गोल नेसनल अर्गनाइजेसन 

पदमबहादुर तामाङ – स्वतन्त्र

 पासाङ शेर्पा – जनता समाजवादी पार्टी नेपाल

 पासाङ तामाङ – आम जनता पार्टी 

प्रताप लामा – उज्यालो पार्टी नेपाल 

फुर्वा तामाङ – श्रम संस्कृति पार्टी 

भरतप्रसाद पराजुली – राष्ट्रिय स्वतन्त्र पार्टी 

राजन सुनचुरी – मितेरी पार्टी 

राममणि न्यौपाने – राष्ट्रिय प्रजातन्त्र पार्टी

 सन्तकुमार तामाङ – स्वतन्त्र 

समीर श्रेष्ठ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) 

सानु तामाङ – स्वतन्त्र 

त्यस्तै, ४९ वडा समेटिएको निर्वाचन क्षेत्र नम्बर २ मा पनि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

 क्षेत्र नम्बर २ का उम्मेदवारहरू : 

वंशलाल तामाङ – नेपाली काँग्रेस 

शेरबहादुर तामाङ – नेकपा एमाले 

सोमान लामा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) 

कर्णवीर स्वयम्बु – मङ्गोल नेसनल पार्टी 

गणेशबहादुर श्रेष्ठ – आम जनता पार्टी 

गोपीकृष्ण चौलागाई – राष्ट्रिय प्रजातन्त्र पार्टी 

झलककुमार श्रेष्ठ – राष्ट्रिय स्वतन्त्र पार्टी 

दावा छिरिङ शेर्पा – सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 

दीपक ढकाल – स्वतन्त्र 

भानु श्रेष्ठ – श्रम संस्कृति पार्टी 

महेश कुँवर – मितेरी पार्टी नेपाल

  मिङमार तामाङ – राष्ट्रिय मुक्ति पार्टी नेपाल

  म्हेन्दो तामाङ – नेपाल मजदुर किसान पार्टी 

युवराज दुलाल – नेपाल कम्युनिस्ट पार्टी

 रामसिंह तामाङ – उज्यालो पार्टी नेपाल

बिजु श्रेष्ठ – स्वतन्त्र 

सुन्दर अधिकारी – स्वतन्त्र 

सेरबहादुर तामाङ – नागरिक सर्वोच्चता पार्टी नेपाल

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update