काठमाडौं- पूर्ण रूपमा सामाजिक सेवामुखी संस्थाको रूपमा स्थापित सिन्धुपाल्चोक व्यावसायिक क्लबको नयाँ कार्यसमिति आज धुम्बाराहीस्थित लभिस गार्डेन रेस्टुरेन्ट मा आयोजित विशेष कार्यक्रममार्फत चयन गरिएको छ।
कार्यक्रममा क्लबका सदस्यहरू, सिन्धुपाल्चोकका विभिन्न क्षेत्रका व्यवसायीहरू तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सामाजिक सेवा, आपत्कालीन सहयोग, शिक्षा, स्वास्थ्य तथा समुदाय विकासलाई प्राथमिकता दिँदै आएको क्लबले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा अमृत कुमार खड्का रहेका छन्। यस्तै प्रथम उपाध्यक्षमा सुजित बस्नेत, द्वितीय उपाध्यक्षमा विश्वास श्रेष्ठ रहेका छन् । यस्तै महासचिव रामचन्द्र पराजुली र कोषाध्यक्ष कोकनाथ भट्टराई चयन भएका छन्।
यसबाहेक सदस्यहरूमा दिलीप कुमार मगर, शम्भु विक्रम थापा, दुर्गा बहादुर श्रेष्ठ, रामनाथ मैनाली, शंकर गुरुङ, गोपाल खनाल, देवी बहादुर बुढाथोकी तथा हरिओम मकाजु रहेका छन्।

