लागूऔषधसहित रौतहट, बर्दिया र कैलालीबाट पाँच जना पक्राउ
आइतबार, माघ ६, २०८१
कैलाली, गोदावरी नगरपालिका–१ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्राम ८४० मिलिग्रामसहित सोही ठाउँ बस्ने बैतडी पाटन नगरपालिका–८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग (विज्ञप्तिसहित)
आइतबार, माघ ६, २०८१
आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता थापामाथि गरेको आक्रमणको घोर निन्दा र भर्त्सना गरेको हो । उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको हो ।
पर्वतका दुई सामुदायिक क्याम्पस ‘मर्ज’
आइतबार, माघ ६, २०८१
सदरमुकाम कुश्मा बजारमा सञ्चालित दुईवटा क्याम्पस एक आपसमा गाभिएका छन् ।
आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ ।
सुनचाँदीको मूल्यमा गिरावट: सुन प्रतितोला ८००, चाँदी ३० रुपैयाँले सस्तियो
आइतबार, माघ ६, २०८१
नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
विमानस्थलमा विदेशी सिमकार्ड पसल सञ्चालनका लागि ठेक्का आव्हान (सूचनासहित)
आइतबार, माघ ६, २०८१
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सिमकार्ड पसल सञ्चालनका लागि ठेक्का आव्हान गरेको छ ।
अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ चेक इन एरिया बी तर्फ सप नम्बर ७ ले ओगटेको १२.४२ वर्गमिटर क्षेत्रफलमा आधिकारिक विदेशी सिमकार्ड पसल सन्चालनको ठेक्का आव्हान गरेको हो ।
सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगको लोगो खुला प्रतिस्पर्धाबाट बनाइने, ४० हजार पुरस्कार (सूचनासहित)
आइतबार, माघ ६, २०८१
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशको लोगो बनाउन लागि खुला प्रतिस्पर्धाबाट आव्हान गरिएको छ । आयोगले आइतबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट लोगो बनाउन आव्हान गरेको हो ।
सात वर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन
आइतबार, माघ ६, २०८१
निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो ।
गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ ।
सिन्धु विकास बैंक रहेको घरमा आगलागी हुँदा ४० लाखको क्षति
आइतबार, माघ ६, २०८१
सिन्धु विकास बैंकको सिन्धुपाल्चोकको लामोसाँघु शाखा रहेको घरमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ ।
८ किलो दुर्घटना : ट्रक कन्टेनरले मृतकका परिवारलाई ११ लाख दिने सहमति
आइतबार, माघ ६, २०८१
शनिबार दिनभर बन्द रहेको लामोसाँघु-जिरी सडकखण्ड खुलेको छ । दुर्घटनामा मृत्यु भएकाका परिवार र ट्रक कन्टेनरबीच सहमति भएपछि बाटो खुलेको हो ।
ट्रक कन्टेनरको तर्फबाट मृतकको परिवारलाई १० लाख ५० हजार क्षतिपूर्ति दिने, क्रिया खर्चका लागि ५० हजार दिने र २२० पल्सरको क्षतिपूर्ति दिने सहमति भएको छ ।
नेविसंघले टी २० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्ने (परिपत्रसहित)
आइतबार, माघ ६, २०८१
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेविसंघका मुख्य सचिव विजय खड्काले माघ ७ गते (भोलि) अन्तराष्ट्रिय अन्तर विश्विद्यालय टी २० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
घुम्ती पुस्तकालयबारे जनचासो
आइतबार, माघ ६, २०८१
महोत्तरीमा पछिल्लो समय घुम्ती पुस्तकालय (बुकबस) बारे जनचासो बढ्दै गएको छ । भङ्गाहा नगरपालिका–४ राष्ट्रिय आधारभूत विद्यालय, दलित र जनजाति बसोबासका टोलकेन्द्रित घुम्ती पुस्तकालयका कारण पठन रुची बढाएको अभिभावकले बताएका छन् ।
म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ
आइतबार, माघ ६, २०८१
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ ।
पुरानो मुद्दा फर्छ्यौटमा सर्वोच्चको तीव्रता, संवैधानिक इजलास छाँयामा
आइतबार, माघ ६, २०८१
हरेक प्रधानन्यायाधीशको संसदीय सुनुवाइको क्रममा सुनिने शब्द हो सर्वोच्च अदालतको मुद्दाको ‘ब्याकलग’ घटाउने । सर्वोच्च अदालतमा विचाराधिन वर्षौँ पुराना मुद्दाहरूलाई टुङ्ग्याउने । प्रधानन्यायाधीश प्रकाश मान सिंह राउतले पनि संसदीय सुनुवाइका क्रममा यही विषयलाई प्राथमिकतामा राखेका थिए ।
साताको लोकप्रिय

