विपद् उद्धार कोषमा समानान्तर ग्रुपको ६३ लाख ३७ हजार सहयोग
काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि समानान्तर निर्माण सेवा प्रा. लि. र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६३ लाख ३७ हजार ३७८ रुपैयाँ सहयोग गरेका छन्।
कम्पनीका तर्फबाट ५१ लाख ५१ हजार ५१५ रुपैयाँ तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा पाँच दिनको तलबबाट ११ लाख ८५ हजार ८६३ रुपैयाँ सहयोग गरेका हुन्।
समानान्तर निर्माण सेवा प्रा. लि. का अध्यक्ष अच्युतप्रसाद खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहयोग रकम हस्तान्तरण गर्दै विपद्बाट पीडित नागरिकको उद्धार, राहत, उपचार तथा पुनर्स्थापना कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३ १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

