Harsamaya
सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति पुग्यो ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ९८० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

एकैदिन सुन र चाँदी दुवैको मूल्य बढेसँगै बहुमूल्य धातु खरिद गर्ने उपभोक्ताले थप रकम खर्च गर्नुपर्ने भएको छ ।

गत दिनका मूल्य सूची :-
०८ कात्तिक २०८३ आइतबार = सुनको २,७८,५०० र चाँदीको ३,९५५ रुपैयाँ प्रतितोला ।
०९ कात्तिक २०८३ सोमबार = सुनको २,८१,५०० र चाँदीको ३,९९५ रुपैयाँ प्रतितोला ।
१० कात्तिक २०८३ मंगलबार = सुनको २,८२,३०० र चाँदीको ३,९७० रुपैयाँ प्रतितोला ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update