एकैदिन सुनको मूल्य ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि १०५ रुपैयाँ सस्तियो
काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदी १०५ रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।
सुन र चाँदी दुवैको मूल्य घटेसँगै शुक्रबार बहुमूल्य धातुको बजारमा गिरावट देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३ ११:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

