
रौतहट - रौतहटमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालय भवन पुनः निर्माण गरी हस्तान्तरण गरिएको छ । गत भदौ २४ गते आन्दोलनका क्रममा जेनजीहरुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवनमा आगजनी गरेका थिए । भवनमा आगजनी छि बस्न अयोग्य भएपछि स्थानीयवासीले चन्दा र श्रमदानबाट भवन पुनः निर्माण थालेको करिब दुई महिनापछि हस्तान्तरण गरिएको हो ।
उक्त भवन शनिबार प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जलेको भवन भवनको पुनः निर्माण गरी प्रहरीलाई बस्न र प्रशासनिक एवं अनुसन्धानमा सहज पुर्याएकोमा भवन निर्माणका अभियन्ताप्रति आभार व्यक्त गरेकी छिन ।
भवन पुनः निर्माणका लागि स्थानीयवासीले नगद, जिन्सी सामग्री र श्रमदानमार्फत सहयोग गरेका हुन् । भवन निर्माणमा चासो राख्ने र अभियान चलाउने शिवराम राउत, बलराम भण्डारी, तेजविक्रम कार्कीको भूमिका महत्त्वपूर्ण रहेको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीले बताए ।
चन्द्रनिगाहपुरका युवाहरूको पहलमा बजारमा रहेको अस्थायी प्रहरी पोस्ट पुनः निर्माण गरिएको छ । प्रहरी भवन निर्माणमा सहयोग गर्ने चन्दा दाताहरुको दान समेत सुनाइएको थियो ।