Harsamaya
स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, चालक गम्भीर घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कपिलवस्तु - कपिलवस्तुमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

कपिलवस्तु नगरपालिका–६ थुनुवा चोकमा सोमबार भएको दुर्घटनामा स्थानीय ६५ वर्षीय मुस्तकीन मुसलमानको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ५५ वर्षीय मजर हुसेन घाइते भएका छन्।

प्रहरीका अनुसार २०८३ कात्तिक १६ गते अपराह्न ४ बजेर ५५ मिनेटमा लु १ ख ८६४३ नम्बरको स्काई लार्क बोर्डिङ स्कुलको बसले यूपी ५५ एल ०४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा चालक हुसेन र पछाडि सवार मुसलमान रहेका थिए।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो। उपचारका क्रममा चिकित्सकले मुसलमानलाई मृत घोषणा गरेका हुन्।

गम्भीर घाइते मोटरसाइकल चालक मजर हुसेनलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update