
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजेता टिमले पाउने ट्रफीको टुर जनकपुरधाममा गराइएको छ ।शनिबार जनकपुरधामको जानकी मन्दिरमा एनपिएलको ट्रफीको पूजा गरिएको छ भने नगर परिक्रममा पनि गरिएको छ ।
एनपिएलका आयोजक टिम, क्यानका पदाधिकारी, जनकपुर बोल्ट्स टिमका सदस्य र क्रिकेट प्रेमीहरूको उल्लेख्य उपस्थितिमा एनपिएलको ट्रफीसहित जनकपुरको परिक्रमा गरिएको छ । एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स टिम रहेकोले जनकपुरधामवासी एनपीएलका लागि बढी उत्साहित देखिएका छन् । ट्रफी टुरको बेला जनकपुरवासीले जनकपुर बोल्ट्स जिन्दावादको नारा लगाएका थिए ।
मधेश प्रदेश पछि ट्रफी टुर अन्य प्रदेशहरूमा पनि गरिने जनाइएको छ । एनपीएलको दोस्रो संस्करण मङ्सिर १ गतेदेखि हुने भनिएको छ । यस पटक हुने सिजन दुई थप उत्साहले भरिएको हुने र दर्शकलाई थप मनोरञ्जन दिने किसिमले तयारी गरिएको आयोजक कमिटीले जानकारी दिएको छ ।