Harsamaya
वैवाहिक बन्धनमा बाँधिए रोहित पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल र सिम्रन खड्का ।

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले सिम्रन खड्कासँग विवाह गरेका हुन् ।

रोहितले आफ्नो आधिकारिक फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन् । उनीहरूबीच थाइल्यान्डमा विवाह भएको खुलेको छ ।

उनका विवाहका तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनलाई बधाई तथा शुभकामना दिने क्रम जारी छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update