Harsamaya
अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने जितबहादुर पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - अमेरिकन डलर साटिदिने भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भएका ३३ वर्षीय जितबहादुर पाइनलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरको जङ्गल नजिक एकान्त ठाउँमा गत असोज ६ गते निजले एक व्यक्तिलाई अमेरिकन डलर सस्तो दरमा साटिदिन्छु भनि प्रलोभनमा पारी पीडितले साथमा ल्याएको नगद रु २० लाख ४५ हजार लिई फरार भएका थिए । 

सोही घटनाको अनुसन्धानको क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update