आईसीसी सीडब्ल्यूसी लिग-२ सिरिजका लागि नेपालको टोली घोषणा

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले सीडब्ल्यूसी लिग-२ को एक दीवसीय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा अनिल साह र भीम सार्की समेटिएका छन्।
त्यस्तै हालै टी-२० विश्वकप छनोट टिममा रहेका सन्दिप जोरा, लोकेश बम र आदिल आलम भने यो सिरिजका लागि परेका छैनन्।नेपालले लिग-२ का लागि युएईमा युएई र अमेरिकाविरुद्ध खेल खेल्दै छ। नेपालको खेल अक्टोबर २६ बाट सुरु हुने छ। लिग–२ अन्तर्गतको सिरिजमा तीन वटै टोलीले ४/४ वटा खेल खेल्ने छन्।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२ २१:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय