Harsamaya
  कांग्रेसभित्रको एकताको विषयमा डा. शेखरले गरे आफूनिकटकासँग छलफल
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ।

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका आन्तरिक समस्या समाधान तथा पार्टीलाई एकढिक्का बनाउने विषयमा आज विभिन्न तहका नेताहरूसँग छलफल गरेका छन् । 

विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा मंगलबार कोइरालाले बोलाएको छलफलमा कांग्रेसका केन्द्रीय नेताहरू, संघीय सांसद तथा राष्ट्रिय सभा सदस्यहरूको सहभागिता रहेको थियो।

छलफलमा धनराज गुरुङ, बलबहादुर केसी, बद्री पाण्डे, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईं, मिनेन्द्र रिजाल, किरण पौडेल, पदमनारायण चौधरी, नैनसिंह महर, किरण यादव, रंगमती शाही, गणेश लामा, अम्बिका बस्नेत, जीवन परियार, दिलेन्द्र बडु, डा. गोविन्दराज पोख्रेललगायत नेताहरू सहभागी थिए।

त्यस्तै संघीय सांसद गिता सेन्दाङ, डा. चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला र रिना उप्रेती तथा राष्ट्रिय सभा सदस्य बासुदेव जंगली, गिता देवकोटा, विष्णु सापकोटा र रञ्जित कर्णलगायतको पनि सहभागिता थियो।

यसअघि डा. कोइरालाले भदौ १४ गते डा. शशांक कोइराला र भदौ १५ गते पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर कांग्रेसभित्रको समस्या समाधान र पार्टी एकताका विषयमा छलफल गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update