Harsamaya
झाँझ नदीमा डुबेर दुई जना बालकको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har samaya

रौतहट - रौतहटको झाँझ नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–५ शिवनगर स्थित झाझ नदीमा नुहाउन गएका दुई बालकको शनिबार डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार  देवाही गोनाही नगरपालिका–३ का १० वर्षीय निरज साह र अर्का १० वर्षीय अर्जुन साहको मृत्यु भएको हो । नदीमा बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित संजिवनी अस्पताल पुर्‍याएका थिए । 

तर, चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको प्रहरीको भनाइ छ । यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update