Harsamaya
ट्राफिक प्रहरीले गर्यो ६०८ जनालाई कारबाही
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६०८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २३ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ५८, हर्न निषेधमा १३, लेन क्रसमा ८ एकतर्फीमा २ र अन्यमा ३६९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update